Like us!
Follow us!
Connect us!
Watch us!

नियन्त्रणबाहिर जाँदै कोरोना संक्रमणः लकडाउन गर्न चिकित्सकको सुझाव

पत्रपत्रिका

शुक्रबार, १० बैशाख २०७८, ०६ : ४४ मा प्रकाशित

नियन्त्रणबाहिर जाँदै कोरोना संक्रमणः लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् ।

दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रुपमा फैलिरहेको उनीहरुले औँल्याएका छन् । सरकारले उपचारका लागि शय्या विस्तार गरे पनि जनशक्ति व्यवस्थापनमा चुनौति हुने स्थिति रहेको वीर अस्पतालका चिकित्सक डा। अच्युत कार्कीले बताए ।

सरकारले संक्रमणको चेन ब्रेक गर्न कम्तिमा दुई साताका लागि लकडाउन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । ‘अब कम्तिमा दुई साताका लागि लकडाउन नगरेमा नियन्त्रण सम्भव देखिँदैन,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कोभिड उपचार संयोजन डा। विमल पाण्डेले भने ।

तीव्र संक्रमण नियन्त्रण गर्न अति आवश्यकबाहेक अन्य सेवा बन्द गर्नुपर्ने सुझाव त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार सम्पर्क चिकित्सक सविन थपलियाको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले मापदण्ड पालना हुन नसकेपछि अर्को कदम चाल्नुपर्ने स्थिति आइसकेको उनले बताए ।

आजको नागरिक दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको