Like us!
Follow us!
Connect us!
Watch us!

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको धमाधम मृत्यु, स्वास्थ्य मन्त्रालय चिन्तित

पत्रपत्रिका

आइतबार, १२ बैशाख २०७८, ०७ : २८ मा प्रकाशित

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको धमाधम मृत्यु, स्वास्थ्य मन्त्रालय चिन्तित

कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए । 

अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभइ धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए । उनले भने, ‘अस्पताल भर्ना भएर के गर्नु रु कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरुलाई बचाउनै मुस्किल छ ।’ अहिले पनि गम्भीर लक्षण देखिएर आईसीयू र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए ।


आजको नागरिक दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको