Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा !

अर्थ संसार

सोमबार, १३ बैशाख २०७८, १४ : २५ मा प्रकाशित

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा !

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ।

सोमबार बसेको तीन वटै जिल्लाको  प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठकले आगामी वैशाख १६ गते मध्यरातिदेखि लागू हुने गरी निषेधाज्ञा लगाउने तयारी गरेको हो ।

स्रोतका अनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने, खाद्यपदार्थ र औषधी पसलबाहेकका अरु पसल बन्द गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार निजी र सार्वजनिक यातायात दुवै बन्द गरिनेछ भने  शैक्षिक संस्था, निजी कार्यालय, होटेल रेस्टुरेन्ट तथा पार्टी प्यालेस सञ्‍चालनमा पनि रोक लगाइने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको