Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइँदै

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, १२ : ४० मा प्रकाशित

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइँदै

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरको संक्रमण जोखिम बढेसँगै काठमाडौं उपत्यकासँगै देशको अधिकांश जिल्लामा निषेधाज्ञा लगाएको छ । बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा चौथो पटक थप गरी जेठ २० गतेसम्म पुर्याइएको हो । जारी निषेधाज्ञा सकिन अब २ दिन मात्र बाँकी छ  ।

सो बारे निर्णय गर्न आज (मंगलबार) काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ ।  तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आजको बैठकबाट निषेधाज्ञा केही खुकुलो बनाउने निर्णयको तयारी गरेका हुन् ।कोरोना सङ्क्रमणको अवस्था हेरेर जेठ अन्तिमसम्म निषेधाज्ञा थप्ने तयारीमा अधिकारीहरू लागेका छन् ।

कोरोना संक्रमणको दर उच्च भएपछि उपत्यकामा जेठ १४ गतेदेखि एकसाताका लागि निषेधाज्ञामा कडाइ गरिएको छ । पछिल्लो पटक खाद्य पसलहरुमा समेत लगाइएको प्रतिबन्ध लगाइएको थियो  । यसले भिड धेरै हदसम्म नियन्त्रणमा आएको निष्कर्षमा अधिकारीहरु पुगेका छन् । अब खाद्य सामग्री बिक्रीमा केही खुकुलो र व्यवस्थित बनाउनेबारे तयारी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको