Like us!
Follow us!
Connect us!
Watch us!

उपत्यकामा आजबाट निषेधाज्ञा थप, के–के गर्न पाइन्छ, के पाइँदैन ?

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, ०७ : ५८ मा प्रकाशित

उपत्यकामा आजबाट निषेधाज्ञा थप, के–के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आजबाट थप १० दिनको लागि लम्ब्याइएको छ ।  गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा लम्ब्याएर जेठ ३१ सम्म थप गरिएको हो । बुधवार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले  निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका थिए ।

जेठ १४ बाट थप कडा पारिएको निषेधाज्ञा आजबाट केहि खुकुलो बनाइएको छ । आजबाट किराना र डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न पाइनेछ । यस्तै सार्वजनिक निर्माणलाई खुल्ला गरिएको छ । निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने व्यवस्था गरिएको छ । सार्वजनिक निर्माण बन्द हुँदा सामग्री ढुवानीका सवारी–साधन पनि रोकिएका थिए । आजबाट वर्कसप पनि खुला गरिएको छ ।
 

60b98c94da1c2.jpg 60b98c9dd89ab.jpg 60b98ca650dc0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको