Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा ३४९.९६ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

मंगलबार, १४ बैशाख २०७८, ०९ : ५३ मा प्रकाशित

माछापुच्छ्रे बैंकको वितरणयोग्य मुनाफा ३४९.९६ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?

माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २९ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।  यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा १०.६० प्रतिशतले बढी हो। गत वर्षको सोहि अवधिसम्म बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

बैंकको वितरणयोग्य मुनाफा भने ८४ करोड ६९ लाख रुपैयाँ रहेको छ। गत वर्षको तुलानामा यस्तो नाफा ३४९.९६ प्रतिशतले धेरै हो  । गत वर्ष यस्तो नाफा १८ करोड ८२ लाखमा सिमित थियो । बैंकको सञ्चालन मुनाफा ९.२४ प्रतिशतले बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोहि अवधिसम्मको तुलनामा बैकको यस्तो मुनाफा १ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो।

त्यसैगरी, यो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी ४.०८ प्रतिशतले बढेर ३ अर्ब १६ करोड रुपैयाँमा पुगेको छ। गत वर्षको सोहि अवधिसम्म यस्तो आम्दानी ३ अर्ब ३ करोड रुपैयाँ रहेको थियो। 


हाल चुक्ता पूँजी ९ अर्ब ५ करोड रहेको बैंकको जगेडा कोष २ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । 
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर १९.०१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १३९.३ रुपैयाँ रहेको छ। 

60879341bfff7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको