हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको अधिकांश सूचक घटेको छ ।
तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २८ करोड ७१ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ४४.४५ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २ अर्ब ३१ करोड ७१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 
यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा बैंककाे खुद व्याज आम्दानी २९.४५ प्रतिशतले घटेर २ अर्ब ७१ करोड ९ लाख ७१ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३ अर्ब ८४ करोड २४ लाख ६४ हजार रुपैयाँ व्याज आम्दानी गरेकाे थियो । 
बैंककाे सञ्चालन मुनाफा पनि ३९.०८ प्रतिशतले घटेर १ अर्ब ८८ करोड १ लाख ७१ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन मुनाफा ३ अर्ब ८ करोड ६४ लाख २६ हजार रुपैयाँ रहेकाे थियो । 
त्यस्तै, बैंककाे चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ, जगेडा कोषमा ७ अर्ब ६७ करोड २६ लाख ३९ हजार रुपैयाँ, प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८१ पैसा रहेकाे छ । 
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस