Like us!
Follow us!
Connect us!
Watch us!

अब आइएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

अर्थ संसार

मंगलबार, १४ बैशाख २०७८, १७ : १० मा प्रकाशित

अब आइएमई पेबाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने

अब उप्रान्त एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी आइएमई पेबाट नै गर्न सकिने भएकाे छ ।

डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम  जनमानसको पहुँचसम्म पुर्याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेबीच सम्झौता सम्पन्न भएकाे हाे । सम्झौता अनुसार डीम्याट खाता र मेरो शेयरको नविकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका  लागि आइएमई पे एप र आइएमई पेको देशभरी छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग  भुक्तानी गर्न सक्नेछन्। 

उक्त कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई  पे, एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो  शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा  विश्वस्त भएको विचार व्यक्त गरेका छन् ।

त्यस्तै, आईएमई पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको  डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिवद्ध रहेको र यो सम्झौता पश्चात  सेवाग्राहीहरुलाई डीम्याट खाता र मेरो शेयर नवीकरणसँग सम्वन्धित कारोबारहरू थप सहज र सरल तरिकाले  गर्नसक्ने विचार व्यक्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको