Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल समृद्धि फण्ड-२ दिनमै ८७% बिक्यो,लगानीकर्ताको ओइरो !

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, १२ : ०९ मा प्रकाशित

एनआईबिएल एस क्यापिटलले वैशाख १३ गते, साेमबारदेखि एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि बिक्रीमा ल्याएको 'एनआईबिएल समृद्धि फण्ड-२' नामक सामुहिक लगानी कोषमा लगानीकर्ताकाे आकर्षण बढ्दाे छ ।

दोस्रो दिनसम्ममा नै माग गरिएकाे कुल इकाईको ८७ प्रतिशत भन्दा बढी इकाईका लागि आवेदन परिसकेको एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडलाई २० प्रतिशत अर्थात् २ करोड ४० लाख इकाई सुरक्षित गरी बाँकी रहेको ९ करोड ६० लाख इकाई सर्वसाधारणलाई खुल्ला गरेकाे हाे । 

लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म छिटोमा वैशाख १६ गतेसम्म र ढिलोमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, यस इकाईकाे बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेकाे छ । उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

चिया भन्दा सस्तो NIBL Samriddhi Fund- II मा लगानीको अवसर | वार्षिक २०% लाभांश | Sachindra Dhungana

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको