Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाडौँको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, १५ बैशाख २०७८, १४ : ५० मा प्रकाशित

बैंक अफ काठमाडौँको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति ?

बैंक अफ काठमाडौँ लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब १६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३३.८७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ८७ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ३५ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १८ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २ अर्ब ८७ कराेड रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा पनि ३५ प्रतिशतले बढेर एक अर्ब ६७ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ९ अर्ब ६५ करोड रुपैयाँ, जगेडा कोषमा ५ अर्ब ४१ करोड रुपैयाँ र प्रतिसेयर आम्दानी १६ रुपैयाँ १४ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

608927b1e52ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको