Like us!
Follow us!
Connect us!
Watch us!

तेस्रो त्रैमाससम्ममा सिभिल लघुवित्तले गर्यो लोभलाग्दो प्रगति

अर्थ संसार

विहीबार, १६ बैशाख २०७८, ०८ : १७ मा प्रकाशित

तेस्रो त्रैमाससम्ममा सिभिल लघुवित्तले गर्यो लोभलाग्दो प्रगति

सिभिल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकोे छ । बिहिबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले आकर्षक प्रगति गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ४ करोड ८१ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।  संस्थाले गत वर्षको यसै अवधिको तुलनामा २७९.८६% ले खुद नाफा आर्जन गरको हो  । गत वर्षको सोहि अवधिमा संस्थाले १ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । 

त्यसैगरी, सो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ९७.३८% ले बढेर ११ करोड ६८ लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिसम्म संस्थाको यस्तो आम्दानी ५ करोड ९२ लाख २४ हजार सिमित थियो ।

यस्तै, सिभिलको सञ्चालन नाफा पनि ६५६.९५% वृद्धि हुँदै ७ करोड ५ लाख ३३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा यस्तो नाफा ९३ लाख १८ हजार रुपैयाँ मात्र  थियो । 

हाल चुक्ता पुँजी २३ करोड ३९ लाख ३४ हजार रहेको संस्थाको रिजर्भ कोष ११ करोड २८ लाख ९३ हजार रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ६४ पैसाले बढेर २७ रुपैयाँ ४६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ७१ रहेको छ।

608a2aafb80bf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको