Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ बढ्यो

अर्थ संसार

शुक्रबार, १७ बैशाख २०७८, ०८ : ४१ मा प्रकाशित

सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ बढ्यो

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले २०७७ साल चैत्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

चैत्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १८ रुपैयाँ ६० पैसा पुर्याएकाे छ । उक्त मूल्य फागुन मसान्तकाे तुलनामा १.५५ रुपैयाँले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रुपैयाँ ०५ पैसा रहेकाे थियो ।

त्यसैगरी, चैत्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ८२ करोड ९४ लाख ६१ हजार रुपैयाँ  पुगेकाे छ । उक्त लगानी  फागुन मसान्तकाे तुलनामा ७ करोड ९२ लाख ४६ हजार रुपैयाँले धेरै हाे । फागुन मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७५ करोड २ लाख १४ हजार रुपैयाँ लगानी गरेकाे थियाे । त्यस्तै,  फण्डले विभिन्न प्रकारका ४६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे चैत मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

608b7338f0e24.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको