Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वरानी कोमलको अवस्था गम्भिर, प्लाजमा थेरापीबाट उपचार

अर्थ संसार

शुक्रबार, १७ बैशाख २०७८, १२ : २२ मा प्रकाशित

पूर्वरानी कोमलको अवस्था गम्भिर, प्लाजमा थेरापीबाट उपचार

कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वमहारानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उहाँलाई यो विधिबाट बिहीबार साँझदेखि उपचार थालिएको हो । 

उहाँमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो ।

आज पनि उहाँलाई हिजोको जस्तै हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । 
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ । 

पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उहाँलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन । 
उहाँहरु तीनैजना गत शनिवारदेखि नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो । त्यसको केही दिनअघि उहाँहरुको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको