नेपाल लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा बिनोद भुजेल नियुक्त भएका छन् ।
भुजेलले आइतबारदेखि कार्यभार सम्हालेका छन् । कम्पनीको ३२० औ संचालक समितिको बैंठकले भुजेललाई कम्पनी सचिवमा नियुक्ति गर्ने निर्णय गरेको थियो । भुजेलले १३ वर्ष एलआईसी नेपालको कम्पनी सचिवमा रहेर काम गरेका थिए ।
उनले जन प्रशासनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । अधिवक्ता भुजेलले नोटरी ट्रान्सलेटरको पनि लाइसेन्स लिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस