एनएमबि लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाले आकर्षक प्रगति गरेको छ । 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड ६५ लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोहि अवधिको तुलनामा यो नाफा १७५.३७ प्रतिशतले धेरै हो । गत वर्ष संस्थाले ४ करोड ५९ लाख ७४ हजार खुद नाफा आर्जन गरेको थियो ।
 
त्यसैगरी, सो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३३ करोड ९९ लाख १७ हजार पुगेको छ यो गत वर्षको सोहि अवधिको तुलनामा  ९२.२२ प्रतिशतले धेरै छ । गत वर्षको सो अवधिमा संस्थाको यस्तो आम्दानी १७ करोड ६८ लाख ३७ हजार सीमित थियो । 
यस्तै, सञ्चालन नाफा १ करोड ४९ लाख ७१ हजार रुपैयाँबाट बढेर २० करोड ३ लाख ५ हजार रुपैयाँ पुगेको छ । हाल संस्थाको चुक्ता पूँजी ५३ करोड ९८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २९ करोड ३३ लाख ३७ हजार रुपैयाँ छ । संस्थाको वार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३१ रुपैयाँ २७ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ३४ पैसा रहेको छ ।
                                                                                                                    
                            
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस