Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा समता घरेलु लघुवित्तको सेयर सूचिकृत तथा कारोबार फुकुवा

नेप्से

सोमबार, २० बैशाख २०७८, १५ : ५० मा प्रकाशित

नेप्सेमा समता घरेलु लघुवित्तको सेयर सूचिकृत तथा कारोबार फुकुवा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (साेमबार) समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर सूचिकृत हुनुका साथै काराेबार समेत फुकुवा भएकाे छ ।

स्टकका अनुसार समता लघुवित्त वित्तीय संस्था लिमिटेड र घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा १:०.८० काे अनुपातमा गाभिँदा कायम हुन आएकाे प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरकाे २८ लाख ५६ हजार २ सय एक दशमलव ६० कित्ता सेयर धिताेपत्र सूचिकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएकाे हाे ।

यसका साथै, आज (वैशाख २० गते, साेमबार) बाट मर्जर प्रयाेजनका लागि राेक्का भएकाे संस्थाकाे काराेबार समेत फुकुवा गरिएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

608fcc9ca19e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको