Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकबाट किस्ताबन्दीमा ग्रिन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा

अर्थ संसार

सोमबार, २० बैशाख २०७८, १८ : ०१ मा प्रकाशित

मेगा बैंकबाट किस्ताबन्दीमा ग्रिन बुटी ब्राण्डको म्याट्रेस किन्ने सुविधा

मेगा बैंक नेपाल लिमिटेडले आफ्ना क्रेडिट कार्डका ग्राहकहरुलाई ग्रिन बुटी ब्राण्डका म्याट्रेस खरिद गर्न किस्ताबन्दी सुविधा ल्याएको छ । 

आई बोस ग्लोबल लाइफ इन्टरनेशनलसँग गत शुक्रबार भएको सम्झौता अनुसार मेगा बैंकले किस्ताबन्दीमा म्याट्रेस खरिद गर्ने सुविधा ल्याएको हो । ग्राहकहरुले भौतिक रुपमा तथा आईबोस लाइफ डटकमबाट पनि म्याट्रेस खरिद गर्न सक्नेछन् । यसरी किस्ताबन्दीमा खरिद गरेबापत बैंकको ब्याज निःशुल्क गरिएको छ भने कूल मूल्यको शतप्रतिशतसम्म फाइनान्सिङको सुविधा उपलब्ध गरिएको छ । 

आई बोस ग्लोबल लाइफ इन्टरनेशनल उत्कृष्ट म्याट्रेस उत्पादन गरिरहेको नेपाली कम्पनी हो । आई बोसले ग्रीन बुटी ब्राण्डका ८० हजारदेखि डेढ लाख रुपैंयासम्मका म्याट्रेस उत्पादन गरिरहेको छ । 

ग्राहकहरुलाई छ महिना तथा एक बर्ष गरी दुई वटा किस्ताबन्दीको सुविधा दिइएको मेगा बैंकले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको