Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावरको नाफासँगै विद्युत बिक्री आम्दानी पनि घट्यो, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

मंगलबार, २१ बैशाख २०७८, ११ : २९ मा प्रकाशित

पाँचथर पावरको नाफासँगै विद्युत बिक्री आम्दानी पनि घट्यो, अन्य सूचक कस्ता छन् ?

पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशन गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ५५.५२ प्रतिशतले कम हो । गत वर्ष कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

सो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ । गत वर्ष ३० करोड ७१ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको कम्पनीको यो त्रैमासमा घटेर २६ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । 
 
हाल चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ११ करोड ५ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ २८ पैसा र  प्रतिसेयर नेटवर्थ ८८ रुपैयाँ ५१ पैसा छ ।

6090e19398515.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको