Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बिमा किन गर्ने ? यस्ता छन् फाइदाहरु

तेजेन्द्र सुवेदी

बुधबार, ३० भदौ २०७८, ०८ : ०० मा प्रकाशित

जीवन बिमा किन गर्ने ? यस्ता छन् फाइदाहरु

अहिले कोरोना भाइरसले विश्वलाइ  नै आतंकित बनाईरहेको छ । यस्तै जोखिमहरुको ब्यबस्थापनको महत्वपूर्ण माध्ययम हो जिबन बिमा मानिसलाई आर्थिक तथा भौतिक क्षती हुदा उक्त क्षतीको क्षतिपूर्ति दिने भनेको बिमा ले मात्र हो । 

“बिमा’’ सब्द फारसी शब्दबाट आएको हो, जसको अर्थ जिम्मेवारी लिने भन्ने बुझिन्छ बिमाऐनमा नै बिमा गर्दा बिमित (बिमा गर्ने व्यक्ति) र बिमक (बिमा गरिदिने सस्था) बीच करार वा  सम्झौता हुनेगर्दछ सोही सम्झौताको आधारमा विमा कम्पनि ले बिमितको क्षतिबापत को  क्षतिपूर्ति अनिबार्य रुपमा दिनुपर्ने भनि ब्यबस्था गरियको छ । 

बर्तमान समयमा हामिले जहाँ जे गर्दैछौ त्यो थाहाँ हुन्छ तर भोलि अवस्था के हुन्छ कसैले पनि देखेको छैनौ कामना गरौ कोहि कसैलाई अप्ठ्यारो परिस्थितीको सामाना गर्न नपरोस् तर सबैकुरा हाम्रो हतमा पनि हुदैन त्यसैले भोलिको अवस्थामा जो कोहीलाई पनि कठिन परिस्थितिको सामाना गर्नुपर्ने हुनसक्छ । जिबन बिमाको मूल मन्त्र भनेको नै “मानिसलाई जुनसुकै  बेला जे पनि हुन सक्दछ र त्यस्तो बेलामा मानिसलाई आर्थिक समस्या नआओस भन्नको लागि जिबन बिमा गर्नु जो कोहीको लागि पनि नितान्त महत्वपुर्ण र आबस्यकताको बिषय हो’’ भन्नु नै हो ।  

सामान्यतया हामि आफुले चढेर हिड्ने गाडीघोडाको इन्स्योरेन्स गर्छौ , हामीले गर्ने ब्यापार ब्यबसायको इन्स्योरेन्स गर्छौ , हाम्रो घर तथा बंगलाको इन्स्योरेन्स गर्छौ तर हामि आफ्नो जिवनका चाँहि इन्स्योरेन्स गर्ने तिर ध्यान दिदैनौ , हामि आफुले प्रयोग गर्ने चिज बस्तुको त सुरक्षा चाहान्छौ भने आफ्नो जिवनको सुरक्षाको किन नचाहाने ? तपाइको सुरक्षा तपाइको बच्चा को शिक्षा तथा तपाइको परिवार को समृदि को लागि जिबन बिमा को नितान्त आबस्यकता रहेको छ । 

बिमाले सम्भावित जोखिम त रोक्न सक्दैन तर त्यो जोखिमका कारण आउने आर्थिक समस्याहरुको न्युनिकरण भने अवस्य गर्न सक्दछ । 

जिबन बिमा तपाईहरुको सुख तथा दुखको सारथि पनि हो,किनकि तपाईलाई भबिस्यमा आउनसक्ने आर्थिक तथा भौतिक समस्या समस्यामा केहिहद सम्म सारथी बन्न सक्छ बिमा, तपाईलाई बिमा अबधि भित्र त्यस्तो समस्या केहि भएन र बिमा अबधि समाप्त भयमा तपाईलाई तपाइको पोलिसीमा उल्लेख करार अनुसार बिमांक रकम र आर्जित बोनस रकम इन्स्योरेन्स कम्पनीले  भुक्तानी गर्दछ ।

बिमा गर्दा सबै भन्दा पहिले परिवारमा सबैभन्दा पहिले घरको कमाउने व्यक्ति वा परिवार जसमा आश्रीत छ त्यो व्यक्तिको  जिबन बिमा गर्नु उपयुक्त मानिन्छ किनकि मृत्य सास्वत सत्य हा यसलाई कोहि कसैले रोक्न छेक्न सक्दैन समयक्रम संगै अचानक उक्त व्यक्तिको मृत्यु भयो भने पनि उसको परिवारको आर्थिक सुरक्षा बिमा कम्पनीले गरिदिन्छ उक्त  परिवारलाइ भौतिक क्षति त भयो नै तर आर्थिक क्षतीलाई केहिहदसम्म न्यूनीकरण गर्ने काम बिमा कम्पनि ले गर्दछ, यसैगरी उक्त जिबन बिमा गरेको व्यक्तिको मृत्यु नभई कुनैपनि दुर्घटना बाट स्थाई अपाङ्गता हुन् सक्दछ , उक्त व्यक्तिलाइ घातक रोगहरु लाग्न सक्दछ माथि उल्लेखित जुनसुकै घटना घटेमा पनि उक्त व्यक्ति  वा उक्त व्यक्तिको आर्थिक सुरक्षाको जिम्मा जिवन बिमा कम्पनीले लिएको हुन्छ्र  यसरि सम्भावित जोखिम न्यूनीकरण गर्न र भबिश्यमा हुन् सक्ने जोखिम लाइ अन्यमा हस्तान्तरण गर्नको लागि अपनाइने कानुनि बिधि वा पद्दति जिबन बिमा हो । 

यसै गरि अर्को तपाइको बाल बच्चाहरुको जिवन बिमा समयमै बच्चाको भबिस्यको योजना नै बुनेर गराउन सक्नुहुन्छ जस्तै उनीहरुको 10+2 सकिए लगत्तै उनीहरुको पढाइको लागि ठुलो रकमको आबस्यकता अवस्य नै पर्दछ सोहि बेला इन्स्योरेन्स बाट रकम झिक्न मिल्नेगरी उस्को नाममा इस्योरेन्स गराइदिनुभयो र स(सानो रकम जम्मा गर्दिदै जानुभयो भने  भोलि तपाईलाई छोराछोरी को पढाइ खर्चको लागि उक्त इन्स्योरेन्स बाट आउने बोनस रकम सहितको ठुलो रकम अवस्य पनि तपाइको लागि आर्थिक कवच बन्ने छ , यो संगै बच्चा को   बैदेशिक शिक्षा तथा बिबाह लगायतको कार्यकालागि पनि तपाइको आर्थिक सुरक्षा को कवच बन्न सक्ने छ । 

जिवन बिमाका बिभिन्नहरु हुने गर्दछन् । जिवन बिमा कम्पनिअनुसार कम्पनीहरुले बिभिन्न बिमा योजनाहरु ल्याएका हुन्छन तिनै योजना मध्येबाट आफुलाई उत्कृस्ट लागेका बिमा योजनाहरु खरिद गरि बिमित ले पहिलो किस्ता जम्मा गरेको दिनबाट बिमा प्रक्रिया प्रारम्भ हुन्छ र बिमा कम्पनि ले उक्त बिमा सम्बन्धि सम्पूर्ण सुविधाहरु भयको कागजात सहित को बिमालेख बिमित लाइ उपलब्ध गराउदछ जिबन बिमाका योजनाहरु निम्न किसिमका हुने गर्दछनः

  • साबधिक जिबन बिमा ( Endowment plan )

  • अग्रिम भुक्तानी जिबन बिमा ( Money back plan )

  • आजिबन जिबन बिमा ( Aajeevan bema plan )

  • म्यादी जिबन बिमा ( Term assurance plan )

जिबनबिमा को महत्त्व
- तपाइको जोखिम बहनको उपयुक्त माध्यम 
-तपाइले सरकारलाइ तिर्दै आयको आयकर मा  (२०,०००) सम्म छुट प्राप्त गर्नुहुन्छ
-तपाइले बिमा गरेको अबधि २ बर्स पुरा भएको दिन बाट बिमा पोलिसी नै धितो राखेर तत्कालै ऋण प्राप्त गर्न सक्नुहुने छ 
-तपाइको अनिबार्य बचत को माध्यम जिबन बिमा हुने 
-तपाइँ वा तपाइको  परिवारको आर्थिक सुरक्षाको हतियार 
-तपाइको बुढेसकालको साहरा तथा बालबच्चाको शिक्षाको साहारा
-तपाइको भबिस्यको लक्ष्य पुरा गर्न सहयोग
-तपाइको स-सानो बचत लाइ प्रोत्साहन गरि ठुलो सम्पति आर्जन गर्न 
-दुर्घटना तथा साधारण मिर्त्यु लाभ सुबिधा प्राप्त गर्न 
-स्थाई असक्तता सुबिधा प्राप्त गर्न 
-प्राणघातक रोग लागेमा उपचार खर्च सुबिधा प्राप्त गर्न 

यसरि बिमा गर्ने व्यक्ति (बिमित) ले आफ्नो जिबन आफ्नो सम्पति वा आफ्नो दाइत्व मा पर्ने जोखिम को भार बिमा गराउने कम्पनि (बिमाक) लाइ हस्तान्तरण गर्ने माध्यम तथा प्रक्रिया नै जिबन बिमा हो ।

लेखक सनलाइफ इन्स्योरेन्स चाबहिलका उप-साखा प्रमुख हुन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको