Like us!
Follow us!
Connect us!
Watch us!

जनउत्थान सामुदायिक लघुवित्तको ५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

बुधबार, २२ बैशाख २०७८, १० : ०३ मा प्रकाशित

जनउत्थान सामुदायिक लघुवित्तको ५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (वैशाख २२ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि वैशाख २३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख २२ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाकाे दशाैँ वार्षिक साधारण सभा वैशाख ३० गते बिहीबार होटल न्यू ईरा, बुटवल उपमहानगरपालिका वडा नम्बर ९ कालिकापथ, रुपन्देहीमा हुँदैछ ।

सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार ४९.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत २.६० प्रतिशत नगद गरि कुल ५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको