Like us!
Follow us!
Connect us!
Watch us!

गतबर्षको मुनाफाबाट ५२ प्रतिशत लाभांस वितरण गरेको जनउत्थान लघुवित्तको वित्तिय अवस्था कस्तो ?

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, ०६ : ५८ मा प्रकाशित

गतबर्षको मुनाफाबाट ५२ प्रतिशत लाभांस वितरण गरेको जनउत्थान लघुवित्तको वित्तिय अवस्था कस्तो ?

जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ९३.०४६ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले १ करोड ८२ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि १२१.५९ प्रतिशतले बढेर २ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।  गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ३० लाख रूपैयाँ मात्र थियो । त्यसैगरी,  तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि बढेर ११ करोड ८० लाख रपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ र जगेडा कोषमा १२ करोड ६७ लाख रुपैयाँ रहेको छ । संस्थाले गत बर्षको मुनाफाबाट ४९.४ प्रतिशत बोनस सेयर र २.६ प्रतिशत नगद लाभांश विरणको प्रस्ताव गरेको छ । अहिले प्रकासित बित्तिय विवरणमा उक्त लाभांस समायोजन गरिएको छैन । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ५९ रुपैयाँ १९ पैसा र प्रतिसेयर नेटवर्थ २६० रुपैयाँ १ पैसा रहेको छ भने समिक्षा अवधिमा संस्थाको मूल्य आम्दानी रेसिया (पिई रेसियो) ३९.३१ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको