Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर सेयर मूल्य बढिरहेको बिशाल बजार कम्पनीको कस्तो छ वित्तिय अवस्था ?

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, ०८ : ०८ मा प्रकाशित

निरन्तर सेयर मूल्य बढिरहेको बिशाल बजार कम्पनीको कस्तो छ वित्तिय अवस्था ?

केही दिनयता धितोपत्रको दोस्रोबजारमा बिशाल बजार कम्पनीको सेयरले तहल्का मच्चाईरहको छ । कम्पनीको सेयर मूल्य निरन्तर सकारात्मक सर्किट लागेर कारोबार भईरहेको छ । 

कम्पनीले ३ बर्षयता बार्षिक साधारणसभा गरेको छैन । उसले वित्तीय विवरणहरु समेत समयमै प्रकाशित नगरेका कारण नेपाल स्टक एक्सचेन्जले केही समयअघि कम्पनीको दोस्रो बजार कारोबार समेत रोक्का गरेको थियो । 

करिब ३ महिना दोस्रो बजार कारोबार रोक्का भएको कम्पनीको अपरिष्कृत वित्तीय विवरण नेप्सेको वेबसाईटमा अपलोड भएको छ । छिट्टै साधारणसभा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै नेप्सेको बैशाख ८ गते (बुधबार) को निर्णयबाट बैशाख ९ गते (बिहिबार) देखि विशाल बजार कम्पनीको दोस्रो बजारमा कारोबार फुकुवा भएको थियो ।  

कम्पनीले नेप्सेको वेबसाईटमा अपलोड गरेको चालु आर्थिक बर्षको पुष मसान्तसम्मको अपरिष्कृत बित्तीय विवरण सन्तोषजनक देखिएको छ । 

कम्पनीले चालु आर्थिक बर्ष २०७७/२०७८ को पुष मसान्तसम्ममा भाडा तथा बिजुली आम्दानी बापत ९ करोड ६७ लाख रुपैयाँ आँम्दानी गर्न सफल भएको छ । गत बर्षको यही अवधिमा कम्पनीको यस्तो कमाइ ४ करोड ९० लाख रुपैयामा सीमित थियो ।

यो अवधिमा कम्पनीले सम्पूर्ण सञ्चालन खर्च कटाएर आय करसमेत तिर्दा ६ करोड २५ लाख ६२ हजार रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको देखिन्छ । गत बर्षको यही अवधिमा कम्पनीको खुद मुनाफा ३ करोड १७ लाख ८७ हजार रुपैयाँमा सिमित थियो । 

हाल कम्पनीको चुक्ता पूँजी ५ करोड रुपैयाँ रहेको छ । भने कम्पनीको जगेडा र संचित मुनाफा ७९ करोड २६ लाख ६१ हजार रुपैयाँ रहेको छ । कम्पनीको कुल सम्पती १ अर्ब १० करोड २० लाख रुपैयाँको छ भने चालु दायित्व र व्यवस्था २५ करोड ९३ लाख ४० हजार रुपैयाँ रहेको छ ।  

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २५० रुपैयाँ २५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १ हजार ६ सय ८५ रुपैयाँ ३२ पैसा रहेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर सम्पतीको मूल्य २ हजार २ सय ४ रुपैयाँ रहेको छ ।

609354c7691a1.jpg 609354c799156.jpg 609354c7c4151.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको