Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंकको १० वर्षको लाभांश इतिहास, सेयरधनीले कति कमाए ?

अर्थ संसार

विहीबार, २३ बैशाख २०७८, १७ : २० मा प्रकाशित

एनसीसी बैंकको १० वर्षको लाभांश इतिहास, सेयरधनीले कति कमाए ?

पछिल्लाे समय नेपाली सेयर बजारमा नयाँ लगानीकर्ताहरूकाे थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । धेरैजसाे लगानीकर्ता आईपीओकाे माध्यमबाट भित्रिरहेका छन् ।

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूलाई आफूले लगानी गरेका कम्पनीहरूले वितरण गर्ने प्रतिफलमा माेह हुन्छ । कतिपय लगानीकर्ताहरूले आकर्षक प्रतिफल दिइरहेका कम्पनी छानी-छानी लगानी गर्ने गरेका हुन्छन् ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूले  हरेक आर्थिक वर्षमा नाफाकाे केही प्रतिशत रकम आफ्ना लगानीकर्ताहरूलाई लाभांशकाे रूपमा वितरण गर्ने गर्छन् । 

आज हामी यहाँ नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे (एनसीसी) लाभांश इतिहासकाे बारेमा कुरा गर्नेछाैँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्येकाे एक हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अहिले बैंककाे सेयरमूल्य प्रतिकित्ता ३ सय ७४ रूपैयाँ रहेकाे छ । 

चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा बैंकले १ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको वितरणयोग्य ८७ करोड ९३ लाख रुपैयाँ रहेको छ । हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २३ पैसा छ ।

बैंककाे १० आर्थिक वर्षकाे लाभांश इतिहास नियाल्दा १० वटा आर्थिक वर्षमा बैंकले ४ वटा आर्थिक वर्षमा आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे छैन । लाभांश वितरण गरेकाे ६ वटा आर्थिक वर्षमध्ये बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७०/७१ मा ४० प्रतिशत लाभांश (३८ प्रतिशत बाेनस र २ प्रतिशत नगद) वितरण गरेकाे थियाे  भने सबैभन्दा थाेरै आर्थिक वर्ष २०६८/६९ मा ५.२६ प्रतिशत लाभांश (५ प्रतिशत बाेनस र ०.२६ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।

बैंककाे सेयरमा दश वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर ९२ हजार भन्दा माथी पुगेकाे छ ।

यस्ताे छ नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड​को १० वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६७/६८ : आर्थिक वर्ष २०६७/६८ मा बैंकले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

२. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बाेनस र ०.२६ प्रतिशत नगद गरि कूल ५.२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

४. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३८ प्रतिशत बाेनस र २ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १६ प्रतिशत बाेनस र ०.८४ प्रतिशत नगद गरि कूल १६.०.८४ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

७. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

८. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५.८९ प्रतिशत बाेनस र ०.८३ प्रतिशत नगद गरि कूल १६.७२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र ०.७८ प्रतिशत नगद गरि कूल १५.७८ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

१०. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १०.२६९५ प्रतिशत बाेनस र ०.५४०५ प्रतिशत नगद गरि कूल १०.८१ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको