Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क ११० प्रतिशतले बढ्दा अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, ०८ : ०१ मा प्रकाशित

सिटिजन्स लाइफ इन्स्योरेन्सको बीमा शुल्क ११० प्रतिशतले बढ्दा अन्य सूचक कस्ता छन् ?

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १.२७ प्रतिशतले बढेर १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।  गत वर्ष यस अवधिसम्म कम्पनीले १४ करोड ३९ लाख २३ हजार खुद नाफा आर्जन गरेको थियो । 

 यस्तै, कम्पनीले यस वर्ष २ अर्ब ४८ करोड ७४ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ११० प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिसम्म कम्पनीले १ अर्ब १८ करोड ५३ लाख ११ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो । 

गत वर्ष यस अवधिमा ७ करोड २२ लाख ५९ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष४१ करोड ७१ लाख २७ हजार दाबी भुक्तानी गरेको छ ।

हाल चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको  जगेडा कोषमा ७६ करोड रुपैयाँ रहेको छ । 
कम्पनीले प्रकाशन गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्नुहोस्:- 

6097469d85d0f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको