Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन डिस्टिलरीको नाफा ५३.८९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १०० रुपैयाँ नाघ्यो

अर्थ संसार

आइतबार, २६ बैशाख २०७८, १० : २५ मा प्रकाशित

हिमालयन डिस्टिलरीको नाफा ५३.८९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी १०० रुपैयाँ नाघ्यो

हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गरेको  ।  

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार अघिल्लो बर्षको यहि अवधिको तुलनामा कम्पनीको मुनाफा ५३.८९ प्रतिशतले बृद्धि भएको छ । गत बर्ष कम्पनीले ४३ करोड ७१ लाख रुपैयाँ मुनाफा हाँसिल गरेको यो समिक्षा अवधि सम्ममा यस्तो मुनाफा बढेर ६७ करोड २७ लाख रुपैयाँ पुगेको हो। 

समीक्षा अवधिसम्म कम्पनीको उत्पादन बिक्री रकम पनि ९ प्रतिशतले बढेको छ। गत वर्षको यही अवधिसम्ममा कम्पनीले कुल ३ अर्ब ५७ करोड रुपैयाँको उत्पादन बिक्रि गरेकोमा अहिले समिक्षा अवधिसम्ममा यो बढेर ३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षसम्मको मुनाफाबाट ५० प्रतिशत बोनस सेयर वितरण गरी पुँजी बृद्धि गरेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १०३.३८ रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा ईपीएस १००.७६ रुपैयाँ रहेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको