Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रो पावरको नाफासँगै अघिकांश सूचकमा गिरावट, ईपीएस कति ?

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, १२ : ४२ मा प्रकाशित

नेशनल हाइड्रो पावरको नाफासँगै अघिकांश सूचकमा गिरावट, ईपीएस कति ?

नेशनल हाइड्रो पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्ममा ६६ लाख ९२ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले १९ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

यता, विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १९.९७ प्रतिशतले घटेर २ करोड ८४ लाख रुपैयाँमा सीमित छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ३ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोष भने ३३ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी २ रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ९७ पैसा रहेको छ ।

कम्पनीले सार्वजनिक गरको वित्तीय विवरण हेर्नुहोस्:- 

6098ddc11ae2f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको