Like us!
Follow us!
Connect us!
Watch us!

एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, ०८ : ०३ मा प्रकाशित

एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (वैशाख २८ गते, मंगलबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख २९ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (वैशाख २८ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको २६ औँ वार्षिक साधारण सभा जेठ १० गते काठमाडौंको हात्तिसारस्थित कम्पनीको केन्द्रिय कार्यलयमा दिउसो २ बजेबाट हुनेछ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको