नेपाल राष्ट्र बैंकले नगद कारोबारसम्बन्धी सीमा बुझेर सचेत रूपमा वित्तीय कारोबार गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। वित्तीय सचेतना बढाउने उद्देश्यले जारी गरिएको सन्देशमा यस्तो सीमा जानकारी हुनु आवश्यक रहेको उल्लेख गरेको हो।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ मा चेक क्लियरिङ र भुक्तानीसम्बन्धी प्रावधान स्पष्ट गरिएको छ। सो अनुसार ५ लाख रुपैयाँ वा सोभन्दा बढी रकम भुक्तानी गर्दा अनिवार्य रूपमा एकाउन्टपेयी चेक प्रयोग गर्न वा सम्बन्धित व्यक्तिको खातामार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था छ। त्यस्तै, फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा जारी गरिएका चेकहरूको भुक्तानी पनि एकाउन्टपेयी हुनुपर्नेछ।
यद्यपि, कुनै निक्षेपकर्ता वा बचतकर्ताले विशेष कारणसहित नगद भुक्तानीको माग गरेमा र सो कारण मनासिब ठहरिएमा तोकिएको सीमाभन्दा बढी नगद भुक्तानी गर्न सकिने व्यवस्था पनि छ। साथै, बैंक तथा वित्तीय संस्थाहरूबीच दैनिक कारोबार सञ्चालनका लागि आवश्यक नगद लेनदेनमा भने उक्त सीमा लागू नहुने उल्लेख गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस