Like us!
Follow us!
Connect us!
Watch us!
असारसम्म थप ४५ मेगावाट थपिने

लोडसेडिङ मुक्त गर्न कुलमानले थपे १०५ मेगावाट बिजुली

शनिबार, ०६ जेठ २०७४, १९ : ०० मा प्रकाशित

लोडसेडिङ मुक्त गर्न कुलमानले थपे १०५ मेगावाट बिजुली

अर्थ संसार, 
काठमाडौं - नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा आलसम्म १०५ मेगावाट विद्युत् थप भएको छ । चालु आवको अन्त्यसम्ममा थप ४५ मेगावाट विद्युत् उपलब्ध हुने भएको छ ।

घिसिङले ‘क्राइसेस म्यानेजमेन्ट’ गरेर उपभोक्ताहरुलाई लोडसेडिङ हुन नदिएको बताउँदै आएका छन् । कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेपछि राष्ट्रिय प्रसारण लाइनमा बिजुली पनि थपिएको छ । सरकारले चालु आवमा २०० मेगावाट विद्युत् थप गर्ने योजना अगाडि सारेको थियो । तर तोकिएको योजना भन्दा ५० मेगावाट कम विद्युत् थप भएको हो ।

 प्राधिकरणका अनुसार चालू आर्थिक वर्षमा विभिन्न ८ आयोजनाबाट १ सय ५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जबकि गत वर्ष जम्मा ३० मेगावाट मात्रै विजुली राष्ट्रिय प्रसारणलाइनमा जोडिएको थियो । त्यस्तै, यो आर्थिक वर्षमै थप ४५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने विद्युत विकास विभागले जानकारी दिएको छ ।

प्राधिकरणमा नयाँ नेतृत्व आएपछि निर्माणधीन आयोजनाहरुलाई चाँडो सम्पन्न गर्न प्रोत्साहन गरेको थियो । ‘लोडसेडिङ अन्त्य गर्नका लागि हामीले उत्पादन बढाउनुपर्ने अवस्था थियो, निर्माणधीन आयोजनाहरुलाई चाँडो उत्पादन गर्न प्रोत्साहन गर्यौं,’ प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने ।
यस अवधिमा भविष्यमा लोलसेडिङ नहोस् भनेर ठूला आयोजनाहरु निर्माणको प्रक्रिया अघि बढाएको उनले जानकारी दिए । ‘आगामी ३ वर्ष्भित्र राष्ट्रिय प्रसारणलाइनमा २५ सय मेगावाट बिजुली थपिने छ, ५/७ वर्षपछि भने ६र७ हजार मेगावावट विजुली थपिने छ,’ घिसिङले भने ।

कुलमान आएपछि विद्युत् थपिएका आयोजना
१. झ्याँडी (२ मे.वा)
२. दरौदी (६ मे.वा)
३. टुंगुन ठोस्ने (४.३६ मे.वा)
४. खानी खोला (२ मे.वा)
५. अपर मस्र्याङदी (५० मे.वा)
६. अपर मादी (२५ मे.वा)
७. मियाँ खोला (०.९८ मे.वा)
८. हेवा खोला ए (१४.९ मे.वा)
आगामी असार मसान्तसम्म विद्युत् थपिने आयोजना
१. जोगमाई खोला (७.६ मे.वा)
२. पुवा खोला (४ मे.वा)
३. अपर माई सि (६.१ मे.वा)
४. माई साना क्यास्केड (८ मे.वा)
५. सार्दि खोला (४ मे.वा)
६. द्वारी खोला (३.७५ मे.वा)
७. फावा खोला (५ मे.वा)
८. सभा खोला (४ मे.वा)
९. गेलुन खोला (३.२ मे.वा)

सम्पन्न हुँदै चमेलिया
यस्तै चालु आवमा नै नेपाल विद्युत् प्राधिकरणको चमेलिया जलविद्युत् आयोजनाको समेत विद्युत् थप गर्ने गरी तयारी गरिएको छ । कुल ३० मेगावाट क्षमताको सो आयोजनाको परिक्षण सुरु गरिएको छ । सुरुङमा पानी पठाएर आयोजनाको परिक्षण गरिएको छ । भने कुलेखानी तेस्रोको काम समेत अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको