Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ जारीको गरेको एनआरएन इन्फ्रास्टक्चरको वित्तीय अवस्था कस्तो छ ?

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, ११ : ५८ मा प्रकाशित

आईपीओ जारीको गरेको एनआरएन इन्फ्रास्टक्चरको वित्तीय अवस्था कस्तो छ ?

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ  । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले एक करोड ७२ लाख १२ हजार रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ  । यो नाफा गते वर्षको सोहि अवधिको तुलनामा ८० लाख ५१ हजार रुपैयाँले धेरै हो  । गत वर्ष कम्पनीले ९१ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो  ।

चैत मसान्तसम्म कम्पनीको सञ्चालन मुनाफा २ करोड ६२ लाख ५२ हजार रहेको छ  । गत वर्षको सोहि अवधिमा यस्त्तो नाफा १ करोड २२ लाख १४ हजार सिमित थियो  ।

कम्पनीले अहिले हिमालयन पावर पार्टनर लिमिटेड, सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड, स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडमा लगानी गरेको छ ।

हाल चुक्ता पूँजी एक अर्ब १६ करोड ४९ लाख ६३ हजार रहेको कम्पनीको रिटेन्ड अर्निङमा एक करोड ८९ लाख ८८ हजार रहेको छ  ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १०१ रुपैयाँ १६ पैसा रहेको छ  ।

कम्पनीले गत साउन १६ गते प्रतिकित्ता एक सय अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता साधारण सेयर आईपीओ जारी गरेको थियो ।

609a2233e1668.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको