Like us!
Follow us!
Connect us!
Watch us!

सान्जेन जलविद्युत २ करोड १२ लाख नोक्सानीमा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

बुधबार, २९ बैशाख २०७८, ०९ : २० मा प्रकाशित

सान्जेन जलविद्युत २ करोड १२ लाख नोक्सानीमा, प्रतिसेयर आम्दानी कति ?

सान्जेन जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा २ करोड १२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत वर्ष पनि सान्जेन १ करोड ५ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । 
हालसम्म विद्युत बिक्री नगरेको कम्पनीले चैत मसान्तसम्म अन्य श्रोतबाट १ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको छ । 

कम्पनीले रसुवा जिल्लामा १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजना र ४२.५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कुल ५७.३ मेगावाट क्षमताका आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जानकारी दिएको छ । 

चुक्ता पुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा १५ करोड ८७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर ०.८६ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ छ ।

609b4df554356.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको