नेपाल बैंकर्स संघले अक्सिजन प्लान्ट स्थापना गर्न पहल गरेकाे छ । संघले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अक्सिजन प्लान्ट स्थापना गर्ने पहल सुरू गरेका हुन् ।
हाल मुलुभर नै काेराेना भाइरसकाे संक्रमण झन्-झन् बढ्दै गएकाे र यस्ताे अवस्थामा  अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेपछि बैंकर्स संघले  अस्पतालहरूलाई सघाउने उद्देश्यले अक्सिजन प्लान्ट खोल्ने बारे पहल थालेकाे हाे ।
हालै मात्र अक्सिजन प्लान्ट स्थापना गर्ने विषयमा बैंकर्स संघका अध्यक्ष भुवन दहाल, उपाध्यक्ष अनिल उपाध्याय र प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (न्याम्स) का उपकुलपति प्राडा डीएन शाहसँग छलफल गरेका छन् ।
छलफल पश्चात् शाहले प्लान्ट कसरी र कहिले स्थापना गर्ने भन्नेबारे बिस्तारमा संघलाई केही दिनमा जानकारी गराउने बताएका छन्।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                                                
प्रतिक्रिया दिनुहोस