एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीले आकर्षण प्रगति गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ३९.३१ प्रतिशतले बढेर १८ करोड २१ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १३ करोड ७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क पनि ४८.१० प्रतिशतले बढेर ४ अर्ब ५९ करोड ९ लाख ७० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले ३ अर्ब ९ करोड ९८ लाख ३८ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
सो अवधिसम्म कम्पनीले २ अर्ब ११ करोड ४२ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
हाल चुक्ता पुँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७३ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १२ रुपैयाँ ०८ पैसा र प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ८४ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस