Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है, अरुण भ्याली हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, ०६ : ५३ मा प्रकाशित

छुट्ला है, अरुण भ्याली हाइड्रोको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट  आफ्ना लगानीकर्तालाई धमाधम हकप्रद सेयर बिक्री गरिरहेको छ । उक्त हकप्रदमा आवेदन दिने अन्तिम दिन हो आज । आज भन्दा पछि कम्पनीको आईपिओमा आवेदन दिन पाईन छैन । 

कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । 

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियो ।  त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले वैशाख ६ गतेबाट निष्कासन तथा  बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएको थियो । यसअघि वैशाख २६ गतेसम्म आवेदन दिन सकिने भनिएकोमा पछि म्याद थप गरि आज (जेठ २ गते) सम्म आवेदन दिन पाइने व्यबस्था गरिएको थियो ।

कम्पनीले कोरोना महामारिका कारण उत्पन्न विषम परिस्थितीलाई मध्यनजर गर्दै म्याद थपेको थियो ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि(आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको