Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ निश्कासन गर्ने

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १० : ०८ मा प्रकाशित

सानिमा लाईफ इन्स्योरेन्सले आईपीओ निश्कासन गर्ने

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको वैशाख ३१ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा जेठ २३ गते, आइतबार कम्पनीकाे प्रधान कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत् सुरू हुनेछ । 

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायबाट निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ ।

आईपीओ निष्काशनको तयारीमा रहेको सानिमा लाईफ इन्स्योरेन्स नाफामा, अन्य सूचक कस्ता छन् ?

यसका साथै, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60a0a1309e115.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको