Like us!
Follow us!
Connect us!
Watch us!

कर्मचारीमा कोरोना पुष्टि भए सम्पुर्ण खर्च कम्पनीले व्योहोर्नु पर्ने

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १२ : २८ मा प्रकाशित

कर्मचारीमा कोरोना पुष्टि भए सम्पुर्ण खर्च कम्पनीले व्योहोर्नु पर्ने

बिमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले कम्पनीका कर्मचारीहरुमा कोभिड १९ संक्रमण पुष्टि भए उपचरमा लाग्ने सबै खर्च सम्बन्धित कम्पनीले व्योहोर्न निर्देशन दिएको छ । 

समितिले कुनै कर्मचारीमा संक्रमण देखिए उनिहरुसंग सम्पर्कमा रहेका अन्य कर्मचारिहरुको पिसिआर परिक्षण सहितको सबै खर्च सम्बन्धित कम्पनीलाई नै व्यहोर्न सबै बिमा कम्पनीहरुलाई र्निदेशन दिएको छ । कुनै कर्मचारी संक्रकिता भए उनिहरुलाई राख्ने घर, अस्पताल वा आइसोलेसनको समेत व्यबस्थापन सम्बन्धित कम्पनीले नै गर्नुपर्ने छ । 

साथै लाईसोलेसनमा बसेका कर्मचारीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछिमात्र कर्मचारीहरुलाई कार्यलय आउने व्यवस्था गर्न र्निदेशन दिइएको छ । संक्रमित भइ वा संक्रमितको सम्पर्कमा आई आइसोलेसन वा  क्वारेन्टिनमा बसेका कर्मचारीहरुलाई उत्त अवधिको सम्पुर्ण तलब सहित अतिरित्त विदाको सहित वर्क फ्रम होमको व्यवस्था मिलाउन र्निदेशन दिइएको छ ।

समितिले यस अघि नै जेठ १३ गते सम्म काठमाडौं उपत्यकाका रहेका बिमा कम्पनीहरुका सम्पर्ण शाखा कार्यालयहरु बन्द गर्न पनि निर्देशन दिएको छ । तर केन्द्रिय कार्यालय भने बढीमा १० जना कर्मचारी उपस्थित भएर सञ्चालन गर्न निर्देशन दिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको