Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले जेठ ११ गते देखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै

अर्थ संसार

सोमबार, ०३ जेठ २०७८, ०८ : १८ मा प्रकाशित

प्रभु बैंकले जेठ ११ गते देखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै

प्रभु बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४ अर्ब रुपैयाँ बराबरको ४० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणलाई बिक्री गर्नेछ ।

उक्त इकाईहरु जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । बैंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८.५% हुनेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ ११ गतेदेखि छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ ।  प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ । 

उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।

60a1d694e6441.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको