Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभाको मिति तय, बुकक्लोज कहिले ?

अर्थ संसार

सोमबार, ०३ जेठ २०७८, ११ : ०१ मा प्रकाशित

लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभाको मिति तय, बुकक्लोज कहिले ?

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको जेठ २ गते आईतबार बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा जेठ २७ गते शुक्रबार भर्चुअल माध्यामबाट अपराहन्न ४ बजेबाट सुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल  १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा(नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ । 
संस्थाले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एकदिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १३

गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको