Like us!
Follow us!
Connect us!
Watch us!

घरमै पिसिआर टेस्ट, औषधी डेलिभरी र उपचार

अर्थ संसार

सोमबार, ०३ जेठ २०७८, १७ : २५ मा प्रकाशित

घरमै पिसिआर टेस्ट, औषधी डेलिभरी र उपचार

कोरोना महामारीकोबिच 'हाम्रो मेडिकल सेवा' ले सेवाग्राहीहरुको लागि घरमै गएर पिसिआर परिक्षण र कोभिडको उपचारको व्यवस्थापन गर्ने कार्य सुरु गरेको छ । 

हाम्रो मेडिकलले सेवा मार्फत विभिन्न मेडिकल टेस्टको घरबाटै सुविधा लिन सकिने र घरैमा औषधी मगाउन समेत सकिने हाम्रो मेडिकल सेवाका प्रबन्धक सरोज महतोले बताएका छन् ।  

हेल्थ सेफ्टी बक्स, रक्तचाप परिक्षण मेसिन, अक्सिमिटर, थर्मोमिटर, ह्यान्ड स्यानिटाइजर, व्हिलचियर, बिरामीको लागि बेड लगायतका स्वास्थ्य सामाग्री घरैमा पनि मगाउन सकिने उनले बताए ।

त्यस्तै, निम्न आय भएका सेवाग्राहीहरुको लागि भने यो सेवा निःशुल्क रुपमा प्रदान गरिने महतोको दावी छ। विभिन्न प्याथोलोजि ल्याब, मेडिकल सेन्टर तथा अस्पतालहरुसँगको सहकार्यमा यो सेवा प्रदान गरिँदै आएको महतोले बताए।

हाम्रो मेडिकल सेवाले देश भरका सेवाग्राहीहरुलाई मध्यनजर गर्दै फोन मार्फत र सामाजिक सञ्जालमा भिडियो कल गरेर टेली मेडिकल सेवाको पनि व्यवस्था गरेको बताइएको छ।

कुनै पनि मेडिकल सेवाको लागि सेवाग्राहीले ९८४३३४६६०५ मा फोन गरेर वा भाइवर, ह्वाट्सएप मार्फत पनि सम्पर्क गर्नसक्ने बताइएको छ। 

हाम्रो मेडिकल सेवा छुट्टै पोलिक्लिनिक, अस्पताल वा मेडिकल सेन्टर नभई, एउटा टिम हो जसले मेडिकल क्षेत्रका सरोकारवाला संस्थाहरुको समन्वयमा स्वास्थ्य सेवालाई घरघरमा पुर्याउने काम गर्दछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको