Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले ल्याउन लागेको ऋणपत्रको संख्या संशोधन

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, ०७ : ४६ मा प्रकाशित

प्रभु बैंकले ल्याउन लागेको ऋणपत्रको संख्या संशोधन

प्रभु बैंक लिमिटेडले जेठ ११ गतेदेखि निष्काशन गर्न लागेको ऋणपत्रको संख्यालाई संशोधन गरेको छ । 

बैंकले सोमबार सार्वजनिक सूचनामा सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न लागेको ऋणपत्रको इकाई १५ लाख ९७ हजार ५०० कित्ता हुनु पर्नेमा अन्यथा भएको भन्दै सच्याएको हो । बैंकले सोमबार सार्वजनिक सूचना अनुसार सर्वसाधारणका लागि १६ लाख ७७ हजार ५०० इकाई छुट्याइएको थियो ।

बैंकले १० वर्षे अवधिको प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका ४ अर्ब रुपैयाँ बराबरको कुल ४० लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको हो । कुल कित्तामध्य १६ लाख सामूहिक लगानीकोषका लागि ५ प्रतिशतसहित सर्वसाधारणमा विक्री गर्न लागेको हो भने २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई बिक्री गर्न लागेको हो । 

उक्त इकाईहरु जेठ ११ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्नेछ । बैंकले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ जारी गर्न लागेको हो । उक्त ऋणपत्रको ब्याजदर वार्षिक ८.५% हुनेछ । 

लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ ११ गतेदेखि छिटोमा जेठ १६ गतेसम्म र ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त्त ऋणपत्रमा न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्रको बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गर्नेछ ।  प्रभु बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बी’ रेटिङ दिएको छ । उक्त रेटिङ पाउने कम्पनी वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित मानिन्छन् । यस्ता संस्थाहरुमा मध्यम कर्जा जोखिम रहन्छ । 

उक्त ऋणपत्रमा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिन्छ ।

60a3208b29198.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको