Like us!
Follow us!
Connect us!
Watch us!

४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, एक दर्जनभन्दा बढी कम्पनीको कारोबार सर्किट लेभलमा

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, १२ : ३६ मा प्रकाशित

४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, एक दर्जनभन्दा बढी कम्पनीको कारोबार सर्किट लेभलमा

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको डेढ घण्टा नपुग्दै ४ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज घलेम्दी हाइड्रोपावर नेशनल हाइड्रो पावर, ओरेन्टल होटल र सोल्टी होटेलको सेयरमूल्य १० प्रतिशतले बढेको हो । 
त्यसैगरी,  अन्य एक दर्जन भन्दा बढी कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । अन्य एक दर्जन भन्दा बढी कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको हो ।

नेपाल फाइनान्स, तारागाउँ रेजेन्सी होटल, राधी विद्युत कम्पनी, रुरु जलविद्युत परियोजना, रिडी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर लगायत कम्पनीहरुको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले वृद्धि भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २२.१५ अंकले बढेर २७८१.३६ विन्दुमा पुगेको छ भने ३ अरब ८५ करोड भन्दा माथिको कारोबार भएको छ ।

60a36433b879c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको