Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्री वितरण

अर्थ संसार

मंगलबार, ०४ जेठ २०७८, १६ : ४६ मा प्रकाशित

शिवम् सिमेन्टद्वारा अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्री वितरण

शिवम् सिमेन्ट लिमिटेडद्वारा श्री मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितीमा देशका विभिन्न अस्पतालहरुमा अक्सिजन, बेड तथा विभिन्न स्वास्थ्य सामाग्री अभाव भईरहको परिस्थिलिलाई मध्यनजर गर्दै कम्पनीले उद्योगस्थल स्थित हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित वागमती प्रदेशको श्री मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १२० थान भरिएका तथा ७० थान खाली अक्सिजनका सिलिण्डर गरी जम्मा १९० थान अक्सिजनसहित ३० थान मेडिकल बेड, ५ थान CCU Bed ५ थान उक्त बेडहरुमा जडान गरिने मेडिकल मोनिटरहरु अस्पताललाई हस्तान्तरण गरेको हो । 

कम्पनीले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तरगतउक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको बताएको छ । “प्राणवायू’ अक्सिजनसहितका सिलिण्डर, मेडिकल बेड, CCU Bed, Monitor Equipment समेतको यी स्वास्थ्य सामाग्री कारण यस क्षेत्रका कोरानाका कारण स्वास्थ्य उपचारबाट बन्चित तथा कोरोनाबाट प्रभावित सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य उपचार गर्न पाउने सहज अवस्था सिर्जना भई सहयोग पुग्ने छ भन्ने आशा एवं विश्वास कम्पनीले लिएको छ” कम्पनी प्रतिनिधी बताउँछन् । 

यस अगाडी पनिशिवम् सिमेन्ट्सले यस किसिमका महामारी,  दैविप्रकोप, राहत सामाग्रीहरु, स्वास्थ्य सामाग्री, एम्बुलेन्स हस्तान्तरणसहित विभिन्न कार्यहरुमा आफ्नो सामाजिक संस्थागत दायित्व निर्वाह गर्दै आईरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको