शिवम् सिमेन्ट्स लिमिटेड फर कर्पोरेट एक्सिलेन्स २०२४ म्यानुफ्याक्चरिङ क्याटागोरीबाट भएको छ ।
फागुन १३ गते काठमाडौंमा कर्पोरेट क्लबनेपालद्वारा आयोजित द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स कार्यक्रम मार्फत शिवम् सिमेन्ट्सलाई उत्पादनमुलक वर्गिकरण कम्पनीहरु मध्येबाट उत्कृष्ठ छनौट भई उक्त अवार्डबाट सम्मान गरिएको हो ।
उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो जस मध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ म्यानुफ्याक्चरिङ क्याटागोरी अवार्डबाट सम्मानित गरिएको हो । यसरी उत्कृष्ठ उत्पादनमुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्ट लिमिटेडले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भई सकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस