Like us!
Follow us!
Connect us!
Watch us!

२५औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्टको प्रायोजन

अर्थ संसार

सोमबार, २५ असार २०८०, १२ : ४७ मा प्रकाशित

२५औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्टको प्रायोजन

यहि असार २७ गते देखि श्रावण १ गतेसम्म थाईल्याण्डको पटैयामा संचालन हुन लागको २५ औं एसियन यथलेटिकस् च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ । यस अघि पनि शिवम् सिमेन्ट लिमिटेडले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिकेट, भलिवल, फुटबल, म्याराथुन) प्रायोजको रुपमा सहभागि भै सकेको छ । 

एसियन यथलेटिकस् च्याम्पियनसिपमा को २५ औं संस्करणको लागि नेपालबाट विभिन्न विधाहरुमा सहभागि जनाउनको लागि आयुष कुँवर,  शिवराज पारकी, फुलमती राना, राजपुरा पच्ची, मुकेश बहादुर पल, सोम बहादुर कुमाल र दिपक अधिकारी गरी ७ जना खेलाडीले सहभागि जनाउने भएका छन् । उत्त यथलेटिक्समा सहभागि खेलाडीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल च्याम्पियनसिपहरुमा विभिन्न पदकहरु हाँसिल गरि सकेका छन ।

एसियन यथलेटिकस् एसोशियशनले हरेक २ वर्षमा आयोजना गर्ने एसियन यथलेटिकस् च्याम्पियनसिप अघिल्लो पटक चिनमा हुने गेम भने कोभिड–१९ को कारण रद्द भएको थियो । उक्त खेलमा एसियाका विभिन्न ३७ देशहरुबाट खेलाडीहरुले सहभागी जनाउने छन । 

सहभागि खेलाडी मध्ये आयुष कुँवर र शिवराज पारकी जसले एसियन यथलेटिकस् मा १०० मिटर र २०० मिटर दुरीको दौडमा सहभागि हुनेछन, जसमा आयुष कुवर २०१८ नेशनल गेम गोल्ड मेडलिस्ट हुन भने शिवराज पारकी हालैको नेशनल च्याम्यानशीप हन ।  ए.पि.एफ क्लवकी फुलमती राना ८०० देखि १५०० मिटर दुरीको दौड, राजपुरा पच्ची ५००० मि., सोमबमादुर कुमाल ४०० मिटर देखि ८०० मिटर र दिपक अधिकार १०,००० मिटर दौडमा सहभागि हुने छन् । दिपक अधिकारी एसियन क्रस कन्ट्रिका च्याम्पियनशीप हुन ।

काठमाडौंमा भएको एक कार्यक्रमका विच नेपाल एथलेटिक्स एसोसियशनका तार्फबाट सचिव आर.क. विष्ट  र शिवम् सिमेन्टको तर्फबाट सेल्स एण्ड मार्केटिङका भि.पि. निखिल अग्रवालले सम्झौतामा हस्ताक्षर गरिएको थियो । “शिवम् सिमेन्ट आफैमा हाई स्ट्रेन्थ कायम राख्ने ओ.पि.सि. सिमेन्ट हो । हामीले हाम्रो स्ट्रेन्थलाई अन्तराष्ट्रिय म्याराथन हाई स्ट्रेन्थको खेलसंग समन्वय गर्न पाउदा खेलकुद क्षेत्र र हामीलाई थप हौसला मिलेको  छ” शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङका भि.पि अग्रवालले बताए ।

ओ.पि.सि सिमेन्ट मात्र उत्पादन गर्दै आईरहेको शिवम् सिमेन्टले स्थापनाकालदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट उत्खनन् गरिएको उच्चकोटीको चुनढुङ्गाबाट गुणस्तरीय ओ.पि.सि. सिमेन्ट मात्र उत्पादन तथा विक्रि वितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा विक्रि वितरण गर्दै आईरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्ट जगतमै पहिलो पटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एन.एस. क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौं ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । व्यक्तिगत, व्यवसायिक तथा राष्ट्रिय गौरवका विभिन्न ठुला–ठुला आयोजनाहरुका अनेकौं संरचना निर्माणमा समेत शिवम् सिमेन्टले विगत लामो समय देखि महत्वपूर्ण भुमिका प्रस्तुत गर्दै आइरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको