Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकमा करेक्सन, कारोबार रकममा भने उछाल

अर्थ संसार

बुधबार, ०५ जेठ २०७८, १५ : १२ मा प्रकाशित

नेप्से परिसूचकमा करेक्सन, कारोबार रकममा भने उछाल

आज (बुधबार) सेयर बजारमा करेक्सन आएको छ । यद्यपी बजारले आज पनि नयाँ रेकर्ड भने राखेको छ । प्री-ओपन सेसनमा नेप्से परिसूचक २२.३६ अंकले बढेर २८१६.२६ विन्दुमा पुगेको थियो । त्यसपछि निरन्त्तर उकालो लाग्दै २८२१.०२ को सर्वाधिक उच्च चुमेको नेप्से परिसूचकले पुनः ओरालो यात्रा तय गरेको हो । अपडाउन हुँदै बजार बन्द हुँदासम्म सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । बजार बन्द हुँदा घटे भने परिसूचकले सर्वाधिक बिन्दु चुमेको छ । त्यसैगरी, कारोबार रकमले पनि नयाँ रेकर्ड राखेको छ ।

आज सेयर कारोबार मापक नेप्से परिसूचक १३.०९ अंकले घटेर २७८०.८१ बिन्दुमा पुगेको छ । नेप्से ०.४७ प्रतिशतले घटेको हो । हिजो मंगलबार नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा पुगेको थियो । बजार बन्द हुँदाको यो बिन्दु नै अलटाइम हाई हो ।

त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.०८ अंकले घटेर ४९६.१४ बिन्दुमा पुगेको छ । आज कूल २१४ कम्पनीको २ करोड ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार ४११  रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम हालसम्मकै धेरै हो । मंगलबार मात्रै ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२  रुपैयाँको कारोबार गरी नयाँ रेकर्ड राखेको थियो  ।
आज कारोबार भएका कूल १३ उपसमूहमध्ये ५ वटा उपसमूहको मात्र सेयरमूल्य बढेको छ भने बाँकि ८ वटा उपसमूहको सेयरमूल्य घटेको छ। 

सर्वाधिक कारोबार गर्ने कम्पनीको अग्र स्थानमा आज पनि नेपाल पुनर्बीमा कम्पनी नै रहेको छ । कम्पनीले ५५ करोड ६९ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ । त्यसैगरी, क्रमश: नेशनल लाइफ इन्स्योरेन्स, राधि जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर, सेन्चुरी कमर्शियल बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, सगरमाथा इन्स्योरेन्स कम्पनी, सिभिल बैंक, अरुण कावेली पावर र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि सर्वाधिक कारोबार गरेको छ  ।

यस्तै, बुधबार समता लघुवित्त, रुरु जलविद्युत परियोजना, गोर्खाज फाइनान्स कम्पनी, नेपाल फाइनान्स कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, राधी जलविद्युत कम्पनी, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर, विशालबजार कम्पनी, बेष्ट फाइनान्स कम्पनी र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन्  ।

यता ङादी  ग्रुप पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, युनिभर्सल पावर कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, शिब श्री हाइड्रोपावर, प्रोगेसिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक र कालिका पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको