Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा रू रू जलविद्युतको ओरालो यात्रा सुरु

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, ११ : ३८ मा प्रकाशित

नेप्सेमा रू रू जलविद्युतको ओरालो यात्रा सुरु

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार सुरू भएकाे दिनबाट निरन्तर बढ्दै गइरहेकाे रू रू जलविद्युत् परियोजना कम्पनी लिमिटेडको सेयरमूल्य आज (जेठ ६ गते, बिहीबार) भने ओरालो लागेको छ ।

यस समाचार तयार पार्दासम्म कम्पनीकाे सेयरमूल्य ८.९७ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ६५ रूपैयाँमा झरेकाे छ । 

60a5fcca58b66.jpg

कम्पनीकाे सेयरमा १२ हजार ६ सय ४६ जनाकाे खरिद माग देखिँदा २ हजार ६ सय ४० जना लगानीकर्ता मात्र बेच्न तयार देखिन्छन् ।

60a5fcddd92fe.jpg

यो वर्ष नेप्सेमा थपिएका २ नयाँ कम्पनी, कुनको अवस्था कस्तो  ?

कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर (आईपीओ) वैशाख १९ गते, आइतबार धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । कम्पनीकाे पहिलाे काराेबार प्रतिकित्ता ३५६ रूपैयाँमा भएकाे थियाे ।

60a5fcd216b19.jpg

कम्पनीले चैत्र २४ गते, मंगलबारसम्म १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे । 

 भर्खरै आईपीओ ल्याएको रु रु जलविद्युतको नाफासँगै अधिकांश सूचक सकारात्मक, ईपीएस कति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको