Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ ल्याएको रु रु जलविद्युतको नाफासँगै अधिकांश सूचक सकारात्मक, ईपीएस कति ?

अर्थ संसार

सोमबार, २७ बैशाख २०७८, ०८ : २६ मा प्रकाशित

भर्खरै आईपीओ ल्याएको रु रु जलविद्युतको नाफासँगै अधिकांश सूचक सकारात्मक, ईपीएस कति ?

रु रु जलविद्युत् परियोजना लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड १३ लाख १२ हजार रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा करिब १३ प्रतिशतले धेरै हो ।गत वर्ष यो अवधिसम्म कम्पनीको खुद नाफा ५ करोड ४३ लाख ४९ हजार रहेको थियो । 

त्यस्तै सो अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट १२ करोड २ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष यो आम्दानी ११ करोड ७० लाख ९२ हजार रहेको थियो ।

आईपीओ निष्काशनश्चात चुक्ता पूँजी ३६ करोड ६९ लाख ३४ हजार रुपैयाँ पुगेको कम्पनीको जगेडा कोषमा १२ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

यस कम्पनीले चैत २० गतेदेखि २४ गतेसम्म प्रिमियम सहित प्रतिकित्ता १२० रुपैयाँमा सर्वसाधारणमा आईपीओ बिक्री गरेको हो । धितोपत्र दोस्रो बजारमा वैशाख २० गतेदेखि कारोबार शुरु भएको हो ।

गत वर्ष १६ रुपैयाँ ८५ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर यस वर्ष १८ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।

6098a00ea2fbb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको