Like us!
Follow us!
Connect us!
Watch us!

यो वर्ष नेप्सेमा थपिएका २ नयाँ कम्पनी, कुनको अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, ०२ जेठ २०७८, १२ : ११ मा प्रकाशित

यो वर्ष नेप्सेमा थपिएका २ नयाँ कम्पनी, कुनको अवस्था कस्तो  ?

पछिल्लाे समय विभिन्न कम्पनीहरूले धमाधम साधारण सेयर (आईपीओ) निष्कासन गरिरहेका छन् । नयाँ लगानीकर्ताहरूकाे थपिने क्रम पनि दिनानुदिन बढ्दाे छ । आईपीओप्रति लगानीकर्ताकाे आकर्षण पनि बढिरहेकाे छ । हरेक कम्पनीले आईपीओ निष्कासन गर्दा मागभन्दा धेरै गुणा बढी आवेदन पर्न थालेकाे छ । 

आईपीओकै कुरा गर्नुपर्दा वैशाख महिनामा धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा २ वटा नयाँ कम्पनी थपिएका छन् । सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड र  रु रु जलविद्युत परियोजना कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) वैशाख महिनामा नेप्सेमा सूचिकृत भएकाे हाे । आज हामी यहाँ यीनै २ वटा कम्पनीकाे बारेमा कुरा गर्नेछाैँ ।

रु रु जलविद्युत परियोजना लिमिटेड (RURU)

कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर (आईपीओ) वैशाख १९ गते, आइतबार धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे ।

कम्पनीले चैत्र २४ गते, मंगलबारसम्म १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे । 

 भर्खरै आईपीओ ल्याएको रु रु जलविद्युतको नाफासँगै अधिकांश सूचक सकारात्मक, ईपीएस कति ?

कम्पनीकाे काराेबार प्रतिकित्ता ३५६ रूपैयाँमा भएकाे थियाे । अहिले दाेश्राे बजारमा कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ८ सय रूपैयाँ रहेकाे छ । यसरी हेर्दा कम्पनीकाे १० कित्ता आईपीओ हात पार्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर ८ हजार रूपैयाँ पुगेकाे छ ।

कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड १३ लाख १२ हजार रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । आईपीओ निष्कासनपश्चात चुक्ता पूँजी ३६ करोड ६९ लाख ३४ हजार रुपैयाँ पुगेको कम्पनीको जगेडा कोषमा १२ करोड २७ लाख ५८ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेड ( SHEL)

कम्पनीकाे एक करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) वैशाख १४ गते, मंगलबार धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचिकृत भएको थियाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम १०० रूपैयाँदेखि अधिकतम ३०० रूपैयाँसम्मको कारोबार रेञ्ज प्रदान गरेको थियाे । 

कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएकाे थियाे ।

आईपीओका लगानीकर्तालाई अर्को वर्षदेखि राम्रो प्रतिफल दिन्छौँ : सिंगटी हाईड्रोका प्रमुख कार्यकारी निर्देशक कार्की

कम्पनीकाे पहिलो कारोबार प्रति कित्ता ३०० रूपैयाँमा भएकाे थियाे । अहिले दाेश्राे बजारमा कम्पनीकाे सेयरमूल्य प्रतिकित्ता ४ सय ४२ रूपैयाँ रहेकाे छ । यसरी हेर्दा कम्पनीकाे १० कित्ता आईपीओ हात पार्ने लगानीकर्ताकाे पुँजी अहिले बढेर ४ हजार ४ सय २० रूपैयाँ पुगेकाे छ ।

कम्पनीले भने हालसम्म वित्तीय विवरण सार्वजनिक गरेकाे छैन ।

याे पनि :

सिंगटी हाईड्रो इनर्जी कम्पनी लिमिटेडको समग्र अवस्था र आगामी रणनितीका सम्बन्धमा कम्पनीका प्रमुख कार्यकारी र्निदेशक गणेश कार्कीसँग अर्थसंसार डट कमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेका भिडियो कुराकानी :  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको