Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्स : ब्यवसाय विस्तारमा आक्रामक, नगद लाभांश वितरणमा कन्जुसाई

अर्थ संसार

विहीबार, ०६ जेठ २०७८, १९ : ३५ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्स : ब्यवसाय विस्तारमा आक्रामक, नगद लाभांश वितरणमा कन्जुसाई

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा कम्पनीहरु मध्य अग्रणी कम्पनी हो । यस कम्पनीले २०६५ साल जेठ ४ गतेदेखि व्यवसायीक कारोबार सुरु गरेको हो । कम्पनीले १२ बर्षमा १७ लाख २५ हजारभन्दा बढी पोलिसीहरु जारी गरिसकेको छ । बीमा पोलिसी जारी गरेर कम्पनीले २० अर्ब ४७ करोड ८७ लाखभन्दा बढी प्रिमियम संकलन गरेको छ । समकालिन बीमा कम्पनीहरुमध्ये छिटो ब्यवसाय विस्तार गर्ने कम्पनीका रुपमा प्राइम लाइफले आफूलाई स्थापित गरिसकेको छ ।

 सञ्चालक समिति तथा कम्पनीकाे व्यवस्थापन समुह 

प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको नेतृत्व पियुशराज अर्याल गरेका छन्। उनको संचालक समितिमा सञ्चालकहरूमा क्रमशः दिपेश अमात्य, राजिबप्रसाद प्याकुरेल, सुरज श्रेष्ठ, सन्तोष अग्रवाल र स्वन्तन्त्र सञ्चालकमा राजेन्द्र काफ्ले रहेका छन् ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार भट्टराई रहेका छन् । कम्पनीकाे चार वर्षको कार्यकाल सकिएपछि कम्पनीले भट्टराईलाई पुनः चार वर्षका लागि नियुक्त गरेको थियाे । बीमा र बैंकिङ क्षेत्रमा झण्डै तीन दशक काम गरिसकेका भट्टराईले व्यवस्थापकीय नेतृत्व समालेपछि प्राइम लाईफ इन्स्योरेन्सले गति लिएको छ ।

कोभिड अनुसार आफ्नो व्यवसायमा असर गरेको बताउने मनोजकुमार भट्टराई प्राइम लाईफमा आफ्ना ग्राहकलाई गुणस्तर सेवा गर्ने सपना देखेको परिकल्पना गरेका छन्।       

यस्तै कम्पनीकाे नायव प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारी, कम्पनी सचिव तथा सूचना अधिकारीमा राजनप्रसाद अधिकारी रहेका छन् । 

कम्पनीकाे वित्तीय अवस्था

कम्पनीको वित्तीय अवस्था चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले २२ करोड ८६ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको तुलनामा २४.८६ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिमा कम्पनीले १८ करोड ३० लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म कम्पनीले ३ अर्ब ७ करोड ६६ लाख ८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्म कम्पनीले ८७ करोड ३१ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । चुक्ता पुँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६२ करोड ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ९८ पैसा रहेको छ ।

 


प्राइम लाइफ इन्स्योरेन्सको नाफा २४.८६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?

सेयर बजारमा प्राइम लाइफको स्थान

सेयर बजारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको २ करोड ४१ लाख ७० हजार ५ सय ७० कित्ता सेयर सूचिकृत छ । हाल नेप्सेमा यस कम्पनीको सेयर मूल्य ९ सय ९ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम एक हजार ३४ रूपैयाँ र न्युनतम ४ सय ५० रूपैयाँमा कारोबार भएको छ ।

कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य ८५० रूपैयाँ ५३ पैसा रहेको छ । कम्पनीको मूल्यलाई एकैछिन नियालौं । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य थोरै घटेको छ । कम्पनीको मूल्य सर्वाधिक एक हजार ३४ रूपैयाँमा कारोबार भएकोमा अहिले यसको मूल्य ९ सय ९ रूपैयाँ छ । कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७२.०९ छ ।


 

कम्पनीकाे लाभांश इतिहास

कम्पनीकाे लाभांश इतिहास नियाल्दा कम्पनीले सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा २५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे भने सबैभन्दा कम ३ वटा आर्थिक वर्षमा बराबरी १२ दशमलव ५ प्रतिशत लाभांश वितरण गरेकाे छ । आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०६८/६९ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०७२/७३ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२.५ प्रतिशत बाेनस र ०.६२ प्रतिशत नगद गरि कुल १३.१२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई १२.५ प्रतिशत बाेनस वितरण गरेकाे थियाे । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ७ प्रतिशत बाेनस र ८ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।



कम्पनीले नगद लाभाश  आर्थिक वर्ष २०७५ /७६ को कमाई बाहेक अहिले सम्म दिएको छैन , तेसैले पनि लगानीकर्ताहरु कम्पनीको साधारण सभमा नगद  लाभांशको आवाज उठाउदै आएका छन्।  
प्राइम लाइफले सेयरधनीहरूलाई आकर्षक लाभांश दिएको देखिन्छ । यद्यपि कम्पनीको सेयर मूल्य बढी नै देखिन्छ । कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७२.०९ छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियो २० प्रतिशतसम्मलाई पनि लगानीका लागि खासै जोखिम नभएको ठानिन्छ । तर प्राइम लाइफको सेयर मूल्य र प्रति सेयर आम्दानीको गणना गरेर पिई रेसियो निकाल्दा निकै महंगो मूल्य देखिन्छ । यति धेरै पिई रेसियो भएको कम्पनीको सेयरमा गरिएको लगानी जोखिमपूर्ण मान्नु पर्छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको