अहिलेकाे महामारीकाे अवस्थामा केही सहयाेग पुर्याउने उद्देश्यले अपि पावर कम्पनी लिमिटेडले स्वास्थ्य सामाग्री वितरण गरेकाे छ ।
कम्पनीले दार्चुला जिल्लाकाे मार्मा गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर, गोकुलेश्वर प्रहरी कार्यलयमा १० थान अक्सिजन सिलिण्डर र जिल्ला प्रहरी कार्यलय दार्चुलालाई १५ थान अक्सिजन सिलिण्डर गरी कूल ३५ थान अक्सिजन सिलिण्डर वितरण गरेकाे हाे । यसका साथै, कम्पनीले मार्मा गाऊँपालिका वडा नं २ लाई स्यानिटाइजर, मास्क लगायतका स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराएको छ ।
उक्त सामाग्रीहरू कम्पनीका आयोजना प्रमुख धर्मराज उपाध्यायले सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरेका हुन् ।
अपि पावर कम्पनी लिमिटेडले दार्चुला जिल्लामा ४० मेगावटको माथिल्लो चमेलिया आयोजना निर्माण गरिहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस